काठमाडौं, २२ बैशाख २०८२:
काठमाडौं उपत्यका विकास प्राधिकरण अन्तर्गत सञ्चालन भइरहेको “Urban Ecosystem-based Adaptation for Climate Resilient Development” परियोजनाले नीलबाराही सामुदायिक वन क्षेत्रमा गर्न लागिएको इकोसिस्टम-आधारित पूर्वाधार निर्माणका लागि प्राप्त बोलपत्रहरू मध्ये एक निर्माण कम्पनीको आर्थिक प्रस्ताव खोल्ने तयारी गरेको छ।
प्राधिकरणका अनुसार मिति २०८१ माघ २० गते नागरिक राष्ट्रिय दैनिकमा प्रकाशित बोलपत्र आव्हानको आधारमा दर्ता भएका प्राविधिक प्रस्तावहरूमध्ये योग्य ठहरिएको M/S G.S./Golamadevi JV, मेलम्ची–११, सिन्धुपाल्चोक नामक निर्माण कम्पनीको आर्थिक प्रस्ताव खुला गरिनेछ।
उक्त आर्थिक प्रस्ताव २०८२ बैशाख ३० गते बिहान ११:०० बजे, काठमाडौंको अनामनगरस्थित Urban EbA Project कार्यालयमा खोलिने छ।
आर्थिक प्रस्ताव खोलिने निर्माण कार्यको विवरण “Slope Stability and EbA Interventions at Nil Barahi Community Forest, Madhyapur Thimi Municipality, Bhaktapur” रहेको छ। उक्त परियोजना वातावरणीय संवेदनशीलता, ढलानको स्थायित्व र स्थानीय वन क्षेत्रको संरक्षणमा केन्द्रित हुनेछ।
एक सूचना मार्फत प्राधिकरणले सम्बन्धित पक्षहरूको उपस्थितिका लागि अनुरोध गरेको छ।
सुचना:
