भक्तपुरमा १४ किमी लामो बौद्ध सम्पदा दर्शन साइकल यात्राः वैशाख २७ गते हुने

भक्तपुर, २३ वैशाख २०८२ः

भगवान बुद्धको जन्म, सम्बोधिलाभ र महापरिनिर्वाण भएको पवित्र त्रिसंयोगको अवसरमा यस वर्षको बुद्ध जयन्ती (बुद्ध सम्बत २५६९) विशेष बनाउँदै भक्तपुरमा “बौद्ध सम्पदा दर्शन साइकल यात्रा” आयोजना गरिने भएको छ।

कार्यक्रम बुद्ध जयन्ती समारोह समिति २५६९ मुनि विहार, भक्तपुर र साइकल कनेक्ट भक्तपुरको संयोजनमा सम्पन्न हुने छ। प्राविधिक सहयोग जुजु बाइक्स, ब्यासी, भक्तपुरले प्रदान गर्नेछ।

१४ किलोमिटर लामो यो सांस्कृतिक यात्रा वैशाख २७ गते शनिबार बिहान ६ बजे मुनि विहार, इनाचो भक्तपुरमा सहभागीहरूको भेला हुनेछ। बिहान ७ बजे साइकल यात्रा सुरु भई नगदेश बुद्ध बिहार, नगदेश भक्तपुरमा पुगेर समापन गरिनेछ।

यस साइकल यात्राको उद्देश्य भक्तपुर क्षेत्रका बौद्ध सम्पदाहरूको संरक्षण, प्रचार–प्रसार गर्नुका साथै युवापुस्तामा शारीरिक स्फूर्ति, सांस्कृतिक चेतना र शान्तिपूर्ण जीवनशैलीको प्रेरणा फैलाउनु रहेको आयोजकहरूले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!