माओवादी केन्द्र मध्यपुर थिमि नगर समितिको दोस्रो सम्मेलन वैशाख २५ गते हुने

मध्यपुर थिमि, २३ बैशाख २०८२ः

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मध्यपुर थिमि नगर समितिको दोस्रो नगर सम्मेलन आगामी वैशाख २५ गते, विहिबार हुने भएको छ। सम्मेलन थिमि बैंक्वेट, चारदोबाटोमा ७:०० बजे सुरु हुनेछ।

“आत्मनिर्भर, समृद्ध, सुशासन सहितको राष्ट्र निर्माणका लागि माओवादी केन्द्रमा गोलबन्द हौं” भन्ने मूल नारासहित आयोजना गरिन लागेको सम्मेलनले संगठन सुदृढीकरण, नेतृत्व चयन तथा भावी रणनीतिमाथि छलफल गर्ने जनाएको छ।

नगर सम्मेलनमा पार्टीका केन्द्र, प्रदेश र जिल्ला तहका नेताहरूको उपस्थिति रहनेछ भने स्थानीय तहका प्रतिनिधि, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।

पार्टीका नगरस्तरीय संरचनालाई सशक्त बनाउँदै सामाजिक रुपान्तरणका अभियानलाई सम्मेलनले गति दिने आयोजक समितिले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!