भेटिएन जमिनमुनि भासिएको गाडी, अनुसन्धान टोली फर्कियो काठमाडौं

मकवानपुरगढी, २४ वैशाख २०८२

हेटौंडा उपमहानगरपालिका–१६ अन्तर्गत गैरीगाउँको भित्री सडकखण्डमा जमिनमुनि भासिएको बोलेरो गाडी अझै भेटिएको छैन। घटनाको अध्ययनका लागि खानी तथा भूगर्भ विभागबाट आएको विज्ञ टोली प्रारम्भिक अनुसन्धान सकेर बुधबार काठमाडौं फर्किएको छ।

भूगर्भविद् नारायण अधिकारीको नेतृत्वमा आएको टोलीले घटनास्थलमा माटोको बनावट, भूगर्भीय अवस्था, भूमिगत जल र चुम्बकीय क्षेत्रको परीक्षण गरेको छ। प्रारम्भिक चरणको अध्ययनपछि संकलित तथ्य तथा नमूनाहरूको प्रयोगशाला परीक्षण हुने र त्यसपछिको निष्कर्षअनुसार दोस्रो चरणको अध्ययन गरिने बताइएको छ।

लगभग पाँच दिनअघि ना ४ च ४८३३ नम्बरको सिंगल क्याब बोलेरो गाडी सडकसहित जमिनमुनि भासिएको थियो। तर अहिलेसम्म गाडी फेला नपरेपछि घटना रहस्यमय बन्दै गएको छ।

स्थानीयबासी र सामाजिक सञ्जालमा यस घटनाले चासो र शंका थपिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!