मध्यपुर थिमि, २८ बैशाख २०८२ः
भक्तपुरको मध्यपुर थिमि–राधे राधेस्थित प्रजापति कम्प्लेक्समा स्वदेशी ब्रान्ड सोनाम का सम्पूर्ण उत्पादन एकै स्थानमा उपलब्ध हुने गरी सोनाम गेयर्स प्रा लि सञ्चालनमा आएको छ।

स्थानीय तहमा स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएको सो स्टोरको औपचारिक उद्घाटन मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले गर्नुभयो। उद्घाटन कार्यक्रममा नगरप्रमुख श्रेष्ठले स्वदेशी ब्रान्डलाई समर्थन गर्न सबै उपभोक्तालाई आग्रह गर्दै स्थानीय उत्पादन तथा उद्यमको प्रवर्द्धनमा स्टोरले महत्वपूर्ण भूमिका खेल्ने बताए।

स्टोरमा सोनाम ब्रान्डले उत्पादन गरेका सम्पूर्ण गियर तथा अन्य सामानहरू सुपथ मूल्यमा उपलब्ध हुने सञ्चालक राजेन्द्र प्रजापतिले जानकारी दिनुभयो। उहाँका अनुसार, “ग्राहकलाई गुणस्तरीय सामग्री एकै ठाउँबाट उपलब्ध गराउने उद्देश्यले यो स्टोर सञ्चालनमा ल्याइएको हो। यसले स्थानीय रोजगारी तथा व्यवसाय प्रवर्द्धनमा पनि टेवा पुर्याउने विश्वास लिएको छौं।”
स्टोरमार्फत ग्राहकहरूले आधुनिक डिजाइन, टिकाउपन र स्वदेशीपन मिसिएको सोनामका उत्पादनहरूको सहज खरिद गर्न सक्नेछन्।
PC: Ram Shankhadeb