बिराटनगर, २९ बैशाख २०८२ः
रत्न काजि प्रजापति
नेपाल भेटेरिनरी एशोसिएसन कोशी प्रदेशको चौथो साधारणसभा तथा अधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको छ। अधिवेशनले डा. अजय कुमार शाहको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो।
नव-निर्वाचित पदाधिकारीहरुमा डा. गंगाराम यादव उपाध्यक्ष, डा. सिताराम यादव सचिव, डा. राज कुमार यादव सहसचिव, र डा. जय विक्रम शाह कोषाध्यक्ष रहेका छन्।
त्यस्तै, सदस्यहरुमा डा. मनोज कुमार महतो, डा. रूस्तम थापा क्षेत्री, डा. शुलेश्वर मण्डल, डा. वुद्धिमान कार्की, डा. नितेज काफ्ले र डा. नेहा श्रेष्ठ चयन भएका छन्।
साधारणसभामा कोशी प्रदेशका विभिन्न जिल्लाबाट आएका भेटेरिनरी चिकित्सकहरूको उपस्थिति रहेको थियो। नयाँ कार्यसमितिले भेटेरिनरी क्षेत्रको समग्र विकास र सशक्तिकरणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।