मध्यपुरमा मापसे गरेका सहचालकले चलाएको बस दुर्घटना, मन्दिर र घरमा क्षति

मध्यपुर थिमि, ३० बैशाख २०८२ः

भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ स्थित निकोसेरामा मङ्गलवार राति एक भाडाको बस दुर्घटना हुँदा स्थानीय संरचनामा ठुलो क्षति पुगेको छ।

बा.प. ०१–००६ ख ५९९८ नम्बरको बस सल्लाघारी दुवाकोट मोडबाट पुरानो थिमि तर्फ जाँदै गर्दा राति करिब सवा दुई बजे अनियन्त्रित भइ सानुमाया धौबन्जारको चारतले पक्की घरमा ठोक्किएको हो।

दुर्घटनामा बसले धौबन्जारको घर अगाडि रहेको एउटा मन्दिरलाई पूर्ण रुपमा भत्काएको छ भने घरको सटरमा पनि क्षति पुगेको छ।

घटनापछि प्रहरीले बसका सहचालक सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ का २० वर्षीय अनिल खत्रीलाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार खत्रीले मादक पदार्थ सेवन गरी बस चलाएका थिए। हाल बस र सहचालकलाई प्रहरी वृत्त ठिमीमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ।

PC: Social media

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!