काठमाडौँ , १ जेठ २०८२ः
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले बिहीबार राति १२:०० बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य समायोजन गरेको हो।
नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १ रुपैयाँ सस्तो भएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटेको छ। मूल्य घटेसँगै काठमाडौँ उपत्यकामा पेट्रोलको नयाँ मूल्य १५७ रुपैयाँ, र डिजेल तथा मट्टितेलको मूल्य १४२ रुपैयाँ कायम भएको निगमले जनाएको छ।
