भक्तपुर, ३ जेठ २०८२ः
डाइभिङ्ग स्कुल संघ भक्तपुरको प्रथम साधारणसभाबाट रामभाइ बानियाँ अध्यक्षमा निर्वाचित भएका छन्। संघको शनिबार सम्पन्न साधारणसभाले बानियाँको नेतृत्वमा १० सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
नवगठित कार्यसमितिमा लालकाजी श्रेष्ठ उपाध्यक्ष, भैरबकुमार श्रेष्ठ सचिव, भुवानीशंकर अधिकारी कोषाध्यक्ष र नरेश दुवाल सहसचिव पदमा सर्वसम्मत चयन भएका छन्। समितिका सदस्यमा सुनिल कपाली र भगवान बोगटी रहेका छन् भने अन्य एक जना सदस्य पछि मनोनयन गरिने जनाइएको छ।
साधारणसभाको उद्घाटन सूर्यविनायक नगरपालिकाका नगरप्रमुख बासुदेव थापाले गरेका थिए।