वाईसिएल नेपाल भक्तपुरको नेतृत्वमा सुरेन्द्र सुवाल

भक्तपुर, ३ जेठ २०८२ः

वाईसिएल नेपाल भक्तपुर जिल्ला कार्यसमितिको तेस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ। सम्मेलनले सुरेन्द्र सुवाललाई अध्यक्षमा निर्वाचित गर्दै नयाँ जिल्ला कार्यसमिति निर्वाचित गरेको हो।

सम्मेलनबाट बिराज था श्रेष्ठ, कृति प्रजापति, र राज वाङ्गयो उपाध्यक्षमा निर्वाचित भएका छन्। त्यसैगरी, दिपेश लामिछाने सचिवमा निर्वाचित भएका छन्। सहसचिव पदमा सुसन श्रेष्ठ, आकास गजरेल, र अर्जुन कोजू निर्वाचित भएका छन् भने समृद्ध तन्डुकार कोषाध्यक्षमा चयन भएका छन्।

नयाँ कार्यसमिति निर्वाचित सँगै वाईसिएल नेपाल भक्तपुरले संगठनलाई थप सशक्त, सक्रिय र युवामुखी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। सम्मेलनमा जिल्लाभरिबाट प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

वाईसिएल नेपालले नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई दिंदै उनीहरूको कार्यकालमा संगठनले युवा हित र सामाजिक परिवर्तनका सवालमा निर्णायक भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!