डा. राणाको जापानी उपविदेशमन्त्रीसँग भेट: सडक मर्मतदेखि जलवायु न्यायसम्मका कुरा

काठमाडौँ, ३ जेठ २०८२ः

परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले सिन्धुली–बर्दिबास सडकको मर्मत तथा पुनर्निर्माणमा सहयोग गरेकोमा जापान सरकारप्रति आभार प्रकट गरेकी छन्।

शनिबार होटल सोल्टीमा आयोजित ‘सगरमाथा संवाद’ कार्यक्रममा सहभागी हुन नेपालमा रहेका जापानका उपविदेशमन्त्री इकुइनो अकिकोसँगको शिष्टाचार भेटका क्रममा मन्त्री राणाले उक्त सहयोगप्रति धन्यवाद व्यक्त गरेकी हुन्।

गत वर्षको अविरल वर्षाका कारण सो सडकमा ठूलो क्षति पुगेको थियो। जापानको अनुदान सहयोगमा निर्माण भएको यो सडक पुनः मर्मत गर्न नेपाल सरकारले अनुरोध गरेपछि जापानले सहयोग गर्ने प्रतिबद्धता जनाएको हो।

भेटका क्रममा दुई पक्षबीच नेपाल–जापान द्विपक्षीय सम्बन्ध, सहयोगका विविध क्षेत्र, र भविष्यका सम्भावित सहकार्यबारे पनि कुराकानी भएको थियो।

मन्त्री डा. राणाले विगत लामो समयदेखि नेपालका आर्थिक, सामाजिक र पूर्वाधार विकासमा जापानले पुर्‍याउँदै आएको योगदानप्रति कृतज्ञता व्यक्त गरिन्। साथै, नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा उठाउँदै आएको जलवायु न्यायको पक्षमा जापानले ऐक्यबद्धता जनाउनुपर्ने आग्रह समेत राखिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!