जुवातास खेलिरहेका १० जना अनामनगरबाट पक्राउ

काठमाडौं, ४ जेठ २०८२ः

नेपाल प्रहरीले काठमाडौंको अनामनगरस्थित एक घरमा जुवातास खेलिरहेका १० जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–२९ अनामनगरस्थित घरमा कोठा भाडामा लिएर जुवा खेलाउँदै गरेका १० जनालाई प्रहरीले विशेष सूचनाका आधारमा आइतबार दिउँसो पक्राउ गरेको हो।

पक्राउ परेका व्यक्तिहरूको साथबाट नगद दुई लाख ५७ हजार ४ सय, नाै बुक तास र १० थान मोबाइल बरामद गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंले जनाएको छ। जिल्ला प्रहरी परिसरका काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक अपीलराज बोहराका अनुसार पक्राउ परेका सबैलाई काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको छ।

पक्राउ पर्नेहरूमा दोलखा, रोल्पा, सिन्धुपाल्चोक, ओखलढुङ्गा, सोलुखुम्बु, बाजुरालगायत विभिन्न जिल्लाका स्थायी बासिन्दा छन्। उनीहरू काठमाडौंको विभिन्न क्षेत्रमा बसोबास गर्दै आएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा दोलखाका रामजी बस्नेत र किशोर सुनुवार, रोल्पाका देवानन्द डाँगी, सिन्धुपाल्चोकका ङावाङ दोर्जे शेर्पा, काठमाडौंका नरध्वज श्रेष्ठ र दावा शेर्पा, बाह्रविसेका गौरी न्यौपाने, सोलुखुम्बुका साङ्गे शेर्पा, ओखलढुंगाका पवन कार्की र बाजुराका सागर ठकुरी रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!