भक्तपुर, १० जेठ २०८२ः
भक्तपुर युवा टिमको आयोजनामा सम्पन्न कुमार ग्वाछा खुला फिडे रेपिड रेटिङ (२००० मुनि) बुद्धिचाल प्रतियोगिता भारतका १५ वर्षीय विनायक सिं यादवले जितेका छन्।
प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रम नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईंको प्रमुख आतिथ्यमा सम्पन्न भयो। प्रमुख अतिथि गोसाईंले बुद्धिचालजस्तो कम खर्चिलो खेलले अन्तर्राष्ट्रिय स्तरमा देशलाई चिनाउन सक्ने उल्लेख गर्दै, खेलाडीहरूलाई केवल हारजितमा सीमित नहुन र समाजप्रति जिम्मेवार बन्न प्रेरित गरे।
उत्कृष्ट खेलाडीहरूको सूची यस्तो छ:
-
द्वितीय स्थान: मुहन नर्सिङ श्रेष्ठ (धरान)
-
तृतीय स्थान: प्रेमकृष्ण महर्जन (काठमाडौं)
-
उत्कृष्ट भक्तपुर जिल्ला खेलाडी: निकेन कुसाथा
-
उत्कृष्ट भक्तपुर नगर खेलाडी: प्रथम – पुरुषोत्तम दुवाल, द्वितीय – गणेशमान दुवाल
-
उत्कृष्ट महिला खेलाडी: कुसुम घिसिङ
-
उत्कृष्ट भेट्रान खेलाडी: अशोक मोहन श्रेष्ठ
-
१४००–१६९९ रेटिङ: राजकुमार राई
-
१७००–१८९९ रेटिङ: भगवती प्रसाद शर्मा
-
अन्रेटेड उत्कृष्ट खेलाडी: प्रथम – कैलाश शरण बराल, दोस्रो – अशोक पण्डित
-
उमेर समूह अनुसार विजेता:
-
१६ वर्षमुनि – सजल न्यौपाने
-
१४ वर्षमुनि – प्रत्युशा श्रेष्ठ
-
१२ वर्षमुनि – स्वातिकमान तुलाधर
-
१० वर्षमुनि – हृदय बस्नेत
-
प्रतियोगितामा भारतका ४ जना र इङ्ल्याण्डका १ जना खेलाडीसहित २५ जिल्लाका १३७ जना खेलाडी सहभागी थिए। महिला सहभागी संख्या ५ जना रहेको थियो।
कार्यक्रममा भक्तपुर नगरपालिका–७ का वडाध्यक्ष उकेश कवां, टीमका सल्लाहकार श्रीकृष्ण किसी, अध्यक्ष केशव त्वानाबासु र सचिव रामेश्वर मचामसीले विजेता खेलाडीहरूलाई बधाई दिंदै खेललाई निरन्तरता दिन सुझाव दिएका थिए।