वीरगञ्ज, १० जेठ २०८२ः
नेपाल भेटेरिनरी एशोसिएसन (NVA), मधेश प्रदेशका नव निर्वाचित पदाधिकारीहरूलाई सम्मान तथा बधाई दिने कार्यक्रम वीरगञ्जमा सम्पन्न भएको छ। नेपाल पशुपंक्षी औषधि बजार प्रतिनिधि संघ, वीरगञ्ज शाखा (NVMA Birgunj) र एशोसिएसन अफ भेटेरिनरी प्रक्टिसनर (AVP), पर्साको संयुक्त आयोजनामा भएको सो कार्यक्रम भेटेरिनरी समुदायबीच सहकार्य र समर्पणको भावना अभिवृद्धि गर्न आयोजित गरिएको आयोजकले जनाएका छन्।

कार्यक्रमको सभापतित्व AVP का अध्यक्ष श्री कमलेश गुप्ताले गरेका थिए। प्रमुख अतिथिको रूपमा पशु क्वारेन्टिन कार्यालय, वीरगञ्जका प्रमुख डा. राकेश मोहन सिंहको उपस्थिति रहेको थियो।
कार्यक्रममा विशिष्ट अतिथि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, बारा का प्रमुख डा. हरेराम यादव, विशेष अतिथि कृषि अनुसन्धान परिषद् (NARC) परवानीपुरका वरिष्ठ वैज्ञानिक डा. अजित झा थिए।

त्यसैगरी विरगञ्ज भेट फर्माका संचालक अमन गुरुवाचार्य, लक्ष्मी भेटेरिनरीका संचालक नारायण गुरुङ, AVP का संस्थापक अध्यक्ष बैजुलाल गुप्ता, पूर्व प्रदेश सचिव डा. पुष्पेन्द्र शाह, पीएमपि, बाराका अधिकृत डा. हेमचन्द्र जैसबार, वरिष्ठ पशु चिकित्सक डा. कमरुल्लाह अन्सारी र क्वारेन्टिन कार्यालय वीरगञ्जका अधिकृत डा. भरत शाहको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा स्वागत मन्तव्य NVMA वीरगञ्ज शाखाका अध्यक्ष अनिल कुमार पटेलले राखेका थिए।
सम्मान समारोहमा बारा र पर्सा जिल्लामा कार्यरत भेटेरिनरी चिकित्सक, पशु प्राविधिक तथा NVMA वीरगञ्ज शाखाका सदस्यहरूको समेत उल्लेखनीय उपस्थिति थियो।
कार्यक्रमका दौरान नव निर्वाचित पदाधिकारीहरूलाई आगामी कार्यकालका लागि शुभकामना दिइएको थियो। कार्यक्रममा सहभागिहरूले भेटेरिनरी समुदायको एकता र समन्वयलाई अझ सशक्त बनाउन यस्ता कार्यक्रमले प्रेरणा दिने विश्वास व्यक्त गरेका थिए।