एबी पेलेट फिडको सहकार्यमा कुखुरापालन तालिम सम्पन्नः ७५ किसान लाभान्वित

धादिङ, १० जेठ २०८२ः

कुखुरापालन क्षेत्रको दिगो विकास र किसानमा प्राविधिक ज्ञान अभिवृद्धि गर्ने उद्देश्यसहित एबी पेलेट फिड र ढकाल पोल्ट्री सप्लायर्स धादिङबेसीको संयुक्त आयोजनामा एकदिने तालिम सम्पन्न भएको छ। तालिममा धादिङका विभिन्न स्थानबाट आएका ७५ जना कृषकले सहभागिता जनाएका थिए।

कार्यक्रमको उद्घाटन एबी पेलेट फिडका प्रबन्ध निर्देशक विवेक सन्जेलले गर्नुभएको थियो। उद्घाटन मन्तव्यमा उहाँले एबी पेलेट फिडको उत्पत्ति, गुणस्तर र विशेषताहरूबारे प्रस्ट पार्दै, कम्पनीले कृषकहरूको उत्पादन क्षमतामा गुणात्मक सुधार ल्याउने लक्ष्यका साथ काम गरिरहेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “किसानको भरपर्दो साथी बन्ने हाम्रो उद्देश्य हो।”

कार्यक्रममा एबी पेलेट फिडका रोशन तिमल्सिना, रामशरण घिमिरे, महेश भट्ट र सन्दिपा सिलवालको समेत उपस्थिति रहेको थियो।

ढकाल पोल्ट्री सप्लायर्सका सञ्चालक प्रकाश ढकालले तालिमले किसानहरूलाई व्यवहारमा प्रयोग गर्न सकिने नयाँ ज्ञान दिएको बताउनुभयो। सप्लायर्सका प्रदीप ढकालले पनि एबी पेलेट फिडको पहलमा आयोजित कार्यक्रमबाट कृषकहरू लाभान्वित भएको प्रतिक्रिया दिनुभयो।

कार्यक्रममा डा. प्रकाश अधिकारीले चल्ला राख्नु अघि आवश्यक तयारी र जैविक सुरक्षाबारे प्रकाश पार्नुभयो भने डा. गणेश बन्जाराले ब्रुडिङ व्यवस्थापन, गर्मीमा हिट स्ट्रेसका असर र न्यूनीकरणका उपायहरूबारे प्रस्तुति दिनुभयो। अन्त्यमा दुबै विशेषज्ञले किसानहरूका जिज्ञासाको उत्तर दिएका थिए।

कार्यक्रमको सञ्चालन दिपेश लामिछानेले गर्नुभएको थियो। तालिम सभ्य, व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!