वार्षिक नीति तथा कार्यक्रमका लागि राय सुझाव संकलन गर्दै मध्यपुर थिमि नगरपालिका: जेष्ठ मसान्तसम्म सुझाव दिन नगरवासीलाई आग्रह

मध्यपुर थिमि, १२ जेठ २०८२:

आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति, कार्यक्रम तथा बजेट निर्माण प्रक्रिया अगाडि बढाउँदै गरेको मध्यपुर थिमि नगरपालिकाले नगरवासीहरूबाट राय सुझाव संकलन गर्ने प्रक्रिया सुरु गरेको छ।

नगरपालिकाले एक सूचना जारी गर्दै सम्पूर्ण राजनीतिक दल, संघसंस्था, नागरिक समाज, गैरसरकारी संस्था, पेशागत संघसंस्था, सरोकारवाला निकाय तथा स्वदेश–विदेशमा रहेका सम्पूर्ण नगरवासीलाई राय सुझाव दिन आग्रह गरेको हो।

सुझाव दिनका लागि नगरपालिकाले Google Form उपलब्ध गराएको छ भने, चाहनेहरूले कार्यालयमा आफैं उपस्थित भएर वा ईमेल (madhyapurthimimun@gmail.com) मार्फत पनि राय दिन सक्नेछन्। राय सुझाव दिने अन्तिम मिति २०८२ सालको जेष्ठ मसान्तसम्म रहेको जनाइएको छ।

नगर प्रमुख सुरेन्द्र श्रेष्ठद्वारा जारी सूचनामा नगरको समग्र विकासमा सहभागिता जनाउन सबैलाई आग्रह गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!