नेपाल भेटेरिनरी एशोसिएसनको नयाँ नेतृत्व चयनका लागि उम्मेदवारको नामावली सार्वजनिक

निर्वाचन १७ गतेः अध्यक्षमा तीन जनाको प्रतिस्पर्धा

काठमाडौं, १२ जेठ २०८२ः

नेपाल भेटेरिनरी एशोसिएसनको आगामी १७ गते हुने निर्वाचनका लागि उम्मेदवारहरूको नामावली सार्वजनिक गरिएको छ। एशोसिएसनको विधान २०७३ (चौथो संशोधनसहित) अनुसार हुने निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालयले सोमबार उम्मेदवारहरूको नाम सार्वजनिक गरेको हो।

अध्यक्ष पदमा डा. उमेश दाहाल, डा. केदारराज पाण्डे र डा. केदार सुवेदी गरी तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ। उपाध्यक्ष पदमा भने डा. राजेन्द्र प्रसाद यादवको एकल उम्मेदवारी रहेको छ।

यस्तै, महासचिव पदमा डा. चिरञ्जीवि पन्थ र डा. शंकर न्यौपाने प्रतिस्पर्धा हुने छ भने सचिव पदमा डा. विशाल पोखरेलले एकल उम्मेदवारी परेको छ।

कोषाध्यक्ष पदमा डा. विकास श्रेष्ठ र डा. सौरभ श्रेष्ठ प्रतिस्पर्धी रहेका छन भने प्रधान सम्पादक पदका लागि डा. हिमाल लुइटेलको एकल उम्मेदवारी रहे्को छ।

केन्द्रीय सदस्य पदमा १२ जनाले उम्मेदवारी दिएका छन्, जसमा डा. अजयराम ओझा, डा. अमिक श्रेष्ठ, डा. गणेश रामनाभाट, डा. मदन भण्डारी, डा. दिनेश अर्याल, डा. नवीन पन्थी, डा. पर्वतजंग थापा, डा. रुपक कँडेल, डा. शरदनरसिंह अमात्य, डा. साधना घिमिरे, डा. सचिन भट्टराई र डा. सुशिल कुमार राय छन्। तीमध्ये ६ जना मात्र केन्द्रीय सदस्यमा निर्वाचित हुनेछन्।

प्रमुख निर्वाचन अधिकृत डा. स्वयम प्रकाश श्रेष्ठका अनुसार उम्मेदवारको दाबी विरोध तथा उम्मेदवारी फिर्ता लिनको लागि समय सीमा जेठ १४ गते दिउँसो १ बजेसम्म तय गरिएको छ। सोही दिन दिउँसो २ बजे उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरिनेछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!