मानव सभ्यताको विकास र राज्य सञ्चालनका लागि “जमिन र जनसंख्या” मुख्य आधारः कृष्ण प्रजापति

भक्तपुर, १५ जेठ २०८२
रामचन्द्र प्रजापति

नेवा: देय् दबू ख्वप नगर समितिको आयोजनामा १८औं गणतन्त्र दिवसको अवसरमा शुभकामना आदानप्रदान तथा गणतन्त्र विषयक छलफल कार्यक्रम भव्य रूपमा सम्पन्न भयो। कार्यक्रम दत्तात्रयस्थित युग विजय पुस्तकालयमा नगर समिति अध्यक्ष कृष्णप्रसाद प्रजापतिको सभापतित्वमा सम्पन्न भएको हो।

कार्यक्रमका प्रमुख अतिथि नेवा: देय् दबू उपत्यका विशेष समितिका सदस्य कृष्ण प्रजापतिले मानव सभ्यताको विकास र राज्य सञ्चालनका लागि “जमिन र जनसंख्या” मुख्य आधार भएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “नेपालमा गणतन्त्र घोषणा भएको भोलिपल्ट राजाले जनतालाई नमस्कार गरेको दिनले जनतामा गणतन्त्रको आगमनको वास्तविक अनुभूति गराएको थियो। अहिलेको गणतन्त्रलाई जोगाउन विभिन्न संस्था र राजनीतिक दलहरूको महत्वपूर्ण भूमिका रहेको छ।”

कार्यक्रममा नेवा: देय् दबू ख्वप जिल्ला अध्यक्ष नरेश सुवालले इतिहासको स्मरण गर्दै राजाहरूले जनतामाथि गरिरहेको अन्याय र दमनको चर्चा गर्नुभयो।

साथै, नगर समिति सचिव विश्वराम लागेले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष रामचन्द्र प्रजापति, नेवा: मिसा दबूकी अध्यक्ष सरिता दुवाल, सदस्य अञ्जना सिजख्व लगायतले शुभकामना आदानप्रदान गर्दै गणतन्त्रको महत्व र संरक्षणको आवश्यकता विषयमा आ-आफ्नो धारणा राख्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!