१८औं गणतन्त्र दिवसको अवसरमा माओवादी केन्द्रद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

मध्यपुर थिमि, १५ जेठ २०८२ः

१८औं गणतन्त्र दिवसको अवसरमा नेकपा (माओवादी केन्द्र) मध्यपुर थिमि नगर समितिको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमले गणतन्त्रको महत्व र उपलब्धिहरूमाथि चर्चा गर्दै राजनीतिक जागरुकता अभिवृद्धि गर्ने उद्देश्य लिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा भक्तपुर जिल्ला इन्चार्ज दिलिप कुमार प्रजापति थिए। उनले आफ्नो सम्बोधनमा गणतन्त्र स्थापनाका लागि भएको संघर्षको स्मरण गर्दै जनताको हितमा पार्टी अझ सक्रिय रुपमा लाग्ने बताए।

अन्य विशिष्ट अतिथिहरूमा केन्द्रीय सदस्य डिपि ढकाल, भक्तपुर जिल्ला संयोजक सुनिल गोथे ‘बासु’, मध्यपुर थिमी नगरपालिकाका उपप्रमुख तथा माओवादी केन्द्र नगर अध्यक्ष विजय श्रेष्ठ, र वाईसिएल नेपाल बागमती प्रदेश अध्यक्ष नरेश रञ्जित रहेका थिए। सबै अतिथिहरूले गणतन्त्रको संस्थागत विकासमा निरन्तर क्रियाशील रहनुपर्ने आवश्यकता औंल्याउँदै पार्टीको भावी कार्यदिशाबारे धारणा राखेका थिए।

कार्यक्रममा स्थानीय नेता, कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो। देशमा जनतन्त्र, समावेशिता र सामाजिक न्यायलाई संस्थागत गर्न अझै पनि संघर्ष आवश्यक रहेको वक्ताहरूले जोड दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!