काठमाडौं, १५ जेठ २०८२ः
नेपाल भेटेरिनरी एसोसिएसन (NVA) को केन्द्रीय अध्यक्ष पदका लागि वरिष्ठ पशु चिकित्सक डा. केदार राज पाण्डे चुनाबी मैदानमा छन्। “सेवा, सोच र समर्पणको अठोट – अबको अध्यक्षमा डा. पाण्डे लाई भोट” भन्ने मूल नाराका साथ पाण्डेले पशु चिकित्सा क्षेत्रमा नवीन सोच, पारदर्शिता, समावेशिता र संस्थागत सुदृढीकरणका लागि १३ बुँदे प्रतिवद्धता सार्वजनिक गरेका छन्।
पुर्व गण्डकी प्रदेश NVA का दुई कार्यकाल अध्यक्ष भइसकेका डा. पाण्डेले यसपटक केन्द्रीय तहमा पुगेर संस्थाको पुनर्संरचना र प्रविधिमैत्री बनाउने संकल्प गरेका छन्। उनका मुख्य प्रतिबद्धता निम्नानुसार छन्:
- पूर्ण समय काठमाडौंमै रही जिम्मेवारी निर्वाह
- भवनको शीघ्र निर्माण र संस्थाको पूर्ण डिजिटल रूपान्तरण
- त्रैमासिक आर्थिक प्रतिवेदन र बैठक निर्णय सार्वजनिक गर्ने पारदर्शिता
- नीति निर्माण प्रक्रियामा पशु चिकित्सकको सक्रिय सहभागिता सुनिश्चितता
- ८औं तहको सुनिश्चितता र ‘एक पालिका, एक भेटेरिनरी अस्पताल’ का लागि पहल
- Animal Health Certificate प्रणालीलाई वैज्ञानिक, पारदर्शी र व्यवस्थित बनाउने योजना
- निजी क्षेत्रका चिकित्सकका लागि न्यूनतम पारिश्रमिक मापदण्ड तथा महिला सशक्तिकरण
- निरन्तर तालिम र समग्र पेशागत क्षमता विकासमा जोड
- समयअनुसार कानुन नियमहरुको पुनरावलोकन र संशोधन पहल
- Antibiotics को विवेकपूर्ण प्रयोगका लागि स्पष्ट निर्देशिका निर्माण
- अन्तर्राष्ट्रिय सहकार्य, Veterinary Welfare Fund र Emergency Fund स्थापना
- भेटेरिनरी क्षेत्रमा अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलता प्रवर्द्धन
- अग्रजको अनुभव र युवाको आवाजलाई जोडदिने नेतृत्व शैली

संस्थागत परिपक्वता, नीति निर्माणमा प्रभाव र पेशागत प्रतिष्ठाको रक्षा गर्न सक्ने नेतृत्वको खाँचोमा डा. पाण्डेले आफूलाई योग्य उम्मेदवारको रूपमा प्रस्तुत गरेका छन्। उनी भन्छन्, “अबको नेतृत्व केवल पदका लागि होइन, भेटेरिनरी समुदायको साझा भविष्यको लागि हुनु पर्छ।”
NVA को आगामी निर्वाचनमा उनको उम्मेदवारीले प्रतिस्पर्धालाई थप रोचक बनाएको छ।