‘राइड सेयरिङ’को विरोधमा गण्डकीमा सार्वजनिक यातायात ठप्प

पर्वत, १६ जेठ २०८२ः

गण्डकी प्रदेश सरकारले निजी सवारीसाधनलाई ‘राइड सेयरिङ’का लागि प्रयोग गर्न कानुनी मान्यता दिएपछि सार्वजनिक यातायात व्यवसायी आन्दोलनमा उत्रिएका छन्। आन्दोलन अन्तर्गत आज गण्डकी प्रदेशभर सार्वजनिक यातायात ठप्प हुँदा यात्रुहरू ठूलो सास्तीमा परेका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सार्वजनिक यातायात केन्द्रिय महासंघ, ट्रक यातायात, ढुवानी व्यवसायी महासंघ तथा यातायात मजदुर संगठनहरू मिलेर संयुक्त रुपमा तीन बुँदे मागसहित आन्दोलन सुरु गरेका हुन्।

व्यवसायीको मुख्य गुनासो:
रातो प्लेट (निजी सवारी) लाई यात्रु ओसारपसारमा प्रयोग गर्न दिनाले कालो प्लेट (सार्वजनिक सवारी) सन्चालकहरूको आम्दानीमा प्रत्यक्ष असर परेको भन्दै उनीहरूले विरोध जनाएका छन्।

सरकारले वार्ताका लागि समिति गठन गरे पनि व्यवसायीहरूले वार्ता अस्वीकार गर्दै १६ जेठदेखि सार्वजनिक सवारी सञ्चालन नै बन्द गरेका छन्। यसका कारण पर्वतको कुश्माबजारसहित गण्डकीका विभिन्न ठाउँमा यात्रुहरू चोकचोकमा अलपत्र परेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!