भोलि बोडेमा दुर्लभ मुद्रा र फोटो प्रदर्शनी हु्दै

मध्यपुर थिमि, १६ जेठ २०८२ः

तेस्रो व: फेस्टिबलको अवसरमा बोडे मावि (लायकु) परिसरमा भोलि शनिबार एक विशेष मुद्रा तथा फोटो प्रदर्शनी्को आयोजना हुने भएको छ। कार्यक्रममा नेपालका ऐतिहासिक सिक्का, नोटहरू र दुर्लभ फोटाहरू सार्वजनिक रूपमा प्रदर्शन गरिनेछ। प्रदर्शनी दिउँसो १:०० बजेबाट ६:०० बजेसम्म सञ्चालन हुनेछ।

कार्यक्रमका आयोजक तथा मुद्रा सङ्कलक श्याम श्रेष्ठका अनुसार यो प्रदर्शनीले नेपाली मुद्राको इतिहास र सांस्कृतिक महत्त्व झल्काउनेछ। श्रेष्ठले सबैलाई सहभागी भई इतिहास, सम्पदा र संस्कृति प्रतिको समझदारी बढाउने यस दुर्लभ अवसरको लाभ लिन हार्दिक निमन्त्रणा गरेका छन्।

स्थानीय तह, विद्यार्थी, इतिहासप्रेमी र सर्वसाधारणका लागि यो प्रदर्शनी शैक्षिक र अवलोकनयोग्य बन्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!