महंगियो अण्डा

काठमाडौं, १६ जेठ २०८२ः

नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको न्यूनतम समर्थन बिक्री मूल्यमा बृद्दि गरेको छ। भोलि जेष्ठ १७ गते देखि लागु हुने गरी संघले चितवनलाई आधार मानी नयाँ मूल्य दर लागू गरेको छ।

संघका सचिव मदन पोखरेलका अनुसार, एक्स एल (XL) अण्डा (१४.६-१४.८ केजी) प्रतिक्रेट ४८० रुपैयाँमा, ठुलो अण्डा (१३.६-१३.८ केजी) प्रतिक्रेट ४६५ रुपैयाँमा र मिडियम अण्डा (१२.६-१२.८ केजी) प्रतिक्रेट ४३५ रुपैयाँमा कारोबार हुनेछ। यस अघि संघले जेठ ११ गते देखि लागु हुने गरी अण्डाको मुल्यमा बृद्दि गरेको थियो जस अनुसार अण्डाको मुल्य एक्स एलको ४६५/- , ठुलो अण्डा ४५० र मिडियम अण्डा ४२५ तोकिएको थियो।

नया मुल्यमा ढुवानी भाडा, कार्टुन र क्रेटसहित प्रति पेटी १३० रुपैयाँ अतिरिक्त लाग्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!