नारायणहिटी दरवार संग्रहालय क्षेत्र वरपर निषेधित क्षेत्र कायम

काठमाडौँ, १६ जेठ २०८२ः

जिल्ला प्रशासन कार्यालय काठमाडौँले नारायणहिटी दरवार संग्रहालय क्षेत्र वरपर निषेधित क्षेत्र घोषणा गरेको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीले आदेश जारी गर्नुभएको हो ।

केशरमहल चोकदेखि नारायणहिटी दरवार संग्रहालय दक्षिण गेट हुँदै जय नेपाल मोडसम्म, महेन्द्र सालिक हुँदै नारायणहिटी दरवार संग्रहालय दक्षिण गेट सम्म निषेधित क्षेत्र कायम गरिएको सिडिओ ऋषिराम तिवारीले जारी गर्नु भएको आदेशमा उल्लेख छ ।

“स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम जिल्ला सुरक्षा समिति काठमाडौंको सिफारिस समेतका आधारमा मिति २०८२/०१/२४ गतेको सूचना बमोजिमको निषेधित क्षेत्रका अतिरिक्त देहायको क्षेत्रमा मिति २०८२/०२/१७ गतेदेखि लागु हुने गरी मिति २०८२/०३/२४ गते सम्मका लागि पाँच जनाभन्दा बढि व्यक्ति भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरेको आदेश जारी गरिएको छ ।” आदेशमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!