काठमाडौं, १७ जेठ २०८२:
नेपाल भेटेरिनरी एशोसिएसनको केन्द्रीय कार्यसमितिको अध्यक्षमा डा. केदार सुवेदी निर्वाचित भएका छन्। राजधानी काठमाडौंमा सम्पन्न एशोसिएसनको २३औं राष्ट्रिय अधिवेशनमार्फत डा. सुवेदी ३०३ मत प्राप्त गर्दै विजयी भएका हुन्।
उनका निकटतम प्रतिस्पर्धी डा. केदारराज पाण्डेले २१६ मत प्राप्त गरे भने अर्का उम्मेदवार डा. उमेश दाहालले १७० मत ल्याएका थिए।
अधिवेशनबाट महासचिवमा डा. शंकर न्यौपाने ३४१ मतसहित निर्वाचित भएका छन्। यस्तै, कोषाध्यक्षमा डा. विकास श्रेष्ठ ३६७ मत प्राप्त गर्दै विजयी भए।
केन्द्रीय सदस्यहरूमा डा. गणेश रानाभाट – ३७१ मत, डा. सुशीलकुमार रोय – ३५४ मत, डा. नविन पन्थी – ३३९ मत, डा. साधना घिमिरे – ३३९ मत, डा. शरद नरसिंह अमात्य – ३०७ मत, डा. दिनेश अर्याल – २८९ मत सहित निर्वाचित भएका छन ।
उपाध्यक्षमा डा. राजेन्द्र प्रसाद यादव, सचिवमा डा. विशाल पोखरेल र प्रधान सम्पादकमा डा. हिमाल लुइटेल यश अघि नै निर्विरोध निर्वाचित भएका थिए।