प्रधानमन्त्री ओलीको भनाइ: “पैसा नभएकै कारण उपचार नपाउने अवस्था अन्त्य हुनुपर्छ”

मोरङ, जेठ २४ – प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक अभावका कारण बिरामीले उपचार नपाउने अवस्थाको अन्त्य आवश्यक रहेको बताएका छन्।

मोरङको कटहरी गाउँपालिका–२ मा निर्माण सम्पन्न जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सामाजिक भावनाबाट सञ्चालित यस्ता संस्थाहरूको विकासमा सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।

“पैसा नभएर उपचार नपाउने अवस्था हटाउने अठोट लिएर अगाडि बढिरहेको यो अस्पतालको अभियान सराहनीय छ,” प्रधानमन्त्री ओलीले भने, “संसारमै यस्ता बिरलै संस्था छन्। अस्पताललाई २०० शय्याबाट ३०० शय्यामा विस्तार गरी मेडिकल कलेज सञ्चालन गर्ने लक्ष्य पूरा होस्, सरकार साथ दिन तयार छ।”

संस्थाका अध्यक्ष तथा संघीय सांसद योगेन्द्र मण्डलको नेतृत्वको खुलेर प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले भाषणभन्दा बढी काम गरेर उदाहरणीय योगदान दिने जनप्रतिनिधिको खाँचो रहेको उल्लेख गरे।

“अनावश्यक ऋण लिएर लगानी डुबाउनेभन्दा समाजका लागि दीर्घकालीन योगदान गर्ने यस्ता काम अनुकरणीय छन्,” उनले भने।रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!