काठमाडौँ, जेठ २४, २०८२:
हाल देशका पश्चिमी, मध्य र पूर्वी भू-भागमा वायु प्रणालीको सक्रियता देखिएको छ। कोशी प्रदेशमा मनसुनी वायुको प्रभाव विशेष रूपमा सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो र राति कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही पहाडी तथा उच्च–पहाडी भू-भागहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका थोरै स्थानहरूमा वर्षा भैरहेको छ भने उच्च–पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपात पनि हुन सक्ने अनुमान गरिएको छ।
महाशाखाका अनुसार मौसमको यो परिवर्तनले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्छ। त्यसैले आम नागरिकलाई आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी गर्न आग्रह गरिएको छ।