त्रिभुवन राजपथको स्तरोन्नति अझै अधुरो, जेठ ३० सम्म हरेक दिन ६ घण्टा बन्द

धादिङ, २४ जेठ २०८२

संघीय राजधानी काठमाण्डौ भित्रिने मुख्य नाका त्रिभुवन राजपथको स्तरोन्नतिको काम अझै नसकिएपछि सवारी आवागमनमा थप पाँच दिन प्रतिबन्ध लाग्ने भएको छ। नागढुङ्गा–मुग्लिन सडक आयोजनाको पूर्वी खण्डका प्रमुख केशव ओझाका अनुसार, अब जेठ ३० गतेसम्म दैनिक विहान १०:३० बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द हुनेछ।

यसअघि जेठ २५ सम्म निर्माण कार्य सकिने भनिए पनि प्राविधिक कारणले काममा ढिलाइ भएको आयोजकले जनाएको छ। दैनिक झण्डै १७ हजार सवारी साधन चल्ने यस राजमार्गमा बन्दको समयमा एम्बुलेन्स, दमकल र प्रहरी सवारी मात्र सञ्चालनमा रहनेछ।

यात्रा गर्ने सर्वसाधारण तथा चालकहरुलाई लेन अनुशासन पालन गर्नवैकल्पिक मार्ग प्रयोग गर्न पनि अनुरोध गरिएको छ। राजधानी आउने हल्का तथा मझौला सवारीले धार्के–सितापाइला–टोखा–छहरे–त्रिशूली–गल्छी मार्ग प्रयोग गर्न सक्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!