विदेश पठाइदिने भन्दै ११ करोडभन्दा बढी ठगी गर्ने तीन जना पक्राउ

काठमाडौँ, २६ जेठ २०८२ः

बेलायत र क्यानाडा पठाइदिने प्रलोभन देखाई ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूले हालसम्म ३९ जना पीडितहरूमाथि ११ करोडभन्दा बढी रकम ठगी गरेको खुलासा भएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार, बेलायत पठाइदिने निहुँमा रकम ठगी गरेको आरोपमा मोरङ रतुवामाई–१० स्थायी घर भई हाल काठमाडौं–६ सरस्वतीनगर बस्ने ४४ वर्षीय लक्ष्मण पराजुली र धनुषा सबेला नगरपालिका–१२ स्थायी घर भई हाल काठमाडौं–३२ नरेफाँट बस्ने ४७ वर्षीय अरुणराज शर्मा पक्राउ परेका हुन्।

उनीहरूले महेश लिम्बू नामक व्यक्तिको सहकार्यमा ३८ जनालाई बेलायत रोजगारीमा पठाइदिने आश्वासन दिई रु ११ करोड ६ लाख ९० हजार ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। पक्राउ परेकाहरूमाथि थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभागमा पठाइएको छ।

त्यसैगरी, क्यानाडा रोजगारीको प्रलोभन देखाएर भक्तपुर नगरपालिका–२ का ४४ वर्षीय रविन्द्र वासुकला नाम गरेका व्यक्तिले एक जनाबाट पाँच लाख साठी हजार रुपैयाँ ठगी गरेको अभियोगमा पक्राउ परेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!