सुर्खेत, ३० जेठ २०८२ः
कर्णाली प्रदेश अस्पताल, सुर्खेतमा सातौं सफल मिर्गौला प्रत्यारोपण सम्पन्न भएको छ। शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको समन्वय तथा प्राविधिक सहयोगमा गरिएको उक्त प्रत्यारोपण केन्द्रका युरोलोजी विभाग प्रमुख तथा मिर्गौला प्रत्यारोपण विशेषज्ञ डा. दिपेश श्रेष्ठको नेतृत्वमा सम्पन्न भएको हो।

प्रत्यारोपण टोलीमा केन्द्रका डा. रोजन अधिकारी, डा. विकास खड्का, डा. सोवित थापा, डा. सन्तोष सुवेदी, डा. बादल महार्जन लगायत नर्सिङ स्टाफ कमला बोगटी, रबिना पक्का र दीपा के.सी. को सक्रिय भूमिका रहेको थियो।
यस्तै, कर्णाली प्रदेश अस्पतालका डा. गणेश थापा, डा. विजय घिमिरे, डा. पुजन बल्ला नेतृत्वको एनेस्थेसिया टोली, ओटी नर्सिङ स्टाफ प्रभा रावल टोली र आईसीयू नर्सिङ टिम इन्दिरा उपाध्यायको समेत महत्वपूर्ण सहयोग रहेको थियो।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले प्रदेशस्तरीय अस्पतालहरूसँग सहकार्य गर्दै देशभर प्रत्यारोपण सेवा विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ।
PC: SDNTC