चितवनमा ऐतिहासिक रक्तदान महोत्सव २०८२ सम्पन्नः नेपाल लेयर्स कुखुरापालक संघद्वारा रक्तदातालाई अण्डा वितरण

चितवन, ३२ जेठ २०८२ः

ब्लड डोनर्स सोसाइटी नेपाल, जिल्ला शाखा चितवनको आयोजनामा तथा जिल्ला जनस्वास्थ्य कार्यालय चितवनको सहआयोजनामा, चितवन उद्योग संघको सहकार्यमा ऐतिहासिक रक्तदान महोत्सव २०८२ शनिबार चितवन उद्योग संघ / चितवन प्रदर्शनी केन्द्रमा भव्य रूपमा सम्पन्न भएको छ।

उक्त अवसरमा नेपालका विभिन्न क्षेत्रका उत्साही रक्तदाताहरुले मानव सेवाको लागि रक्तदान गर्दै महोत्सवलाई सफल बनाए। कार्यक्रममा नेपाल लेयर्स कुखुरापालक संघले रक्तदाताहरुका लागि प्राकृतिक पौष्टिक स्रोतको रुपमा अण्डा प्रदान गर्दै महत्वपूर्ण सहकार्य गरेको छ।

कार्यक्रममा नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेल, सचिव मदन पोखरेल, कार्यसमिति सदस्य अमोद खनाल र सल्लाहकार त्रिलोचन कँडेल स्वयंले कार्यक्रममा सक्रिय सहभागिता जनाउँदै रक्तदान समेत गरेका थिए। अण्डा वितरण मार्फत संघले रक्तदाताको स्वास्थ्यप्रति ध्यान दिने र सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उदाहरणीय पहल प्रस्तुत गरेको छ।

कार्यक्रमका आयोजक तथा सहभागी संस्थाहरुले यस्तो किसिमको सहकार्यले रक्तदानको सन्देशलाई अझ व्यापक बनाउने र समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!