रामसहायलाई उपराष्ट्रपतिको उमेदवार बनाउने जसपाको निर्णय

काठमाडौं, फागुन २५, २०७९ ।

जनता समाजवादी पार्टी (जसपा), नेपालले रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति पदको उमेदवार बनाउने निर्णय गरेको छ ।

बिहीबार बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

यादव केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा पार्टीबाट प्रतिनिधिसभामा संसदीय दलका नेता समेत हुन् ।

उपराष्ट्रपतिको निर्वाचन आउँदो चैत ३ गते हुँदै छ । त्यसका लागि यही फागुन २७ गते उमेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जानकारी दिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!