चितवन जाँदै गरेको माइक्रोबस दुर्घटनामा २० जना घाइते, दुईको अवस्था गम्भीर

काठमाडौँ,३१ जेठ २०८२ः

काठमाडौँको चन्द्रागिरि नगरपालिका–२, नागढुङ्गा नजिकै आज अपराह्न भएको सवारी दुर्घटनामा २० जना घाइते भएका छन्। काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको बा. ३ ख. ८३२९ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकबाट करिब ८० मिटर तल खस्दा सो दुर्घटना भएको हो।

दुर्घटनामा चालक र सहचालकसहित चार बालबालिका, पाँच महिला र ११ पुरुष घाइते भएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ। तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

दुर्घटनाको जानकारी पाउनेबित्तिकै सशस्त्र प्रहरी बल नेपाल नं. १८ नीलबाराही गण, काठमाडौँबाट सशस्त्र प्रहरी निरीक्षक बिर्खबहादुर शाहीको कमान्डमा खटिएको टोलीले उद्धार कार्य सञ्चालन गरेको थियो।

घाइतेहरूलाई उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरी बल नेपाल अस्पतालमा लगिएको सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!