भक्तपुरमा जुवा खेल्दाखेल्दै ११ जना पक्राउ

भक्तपुर, ३१ जेठ २०८२ः

भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारमा जुवा खेलिरहेका ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। शनिबार साँझ ४ बजे स्थानीय रामप्रसाद राउतको घरमा तास खेल्दै गरेका उनीहरूलाई प्रहरीले छापा मारेर पक्राउ गरेको हो।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार, उनीहरूबाट ६ बुक तास र नगद १ लाख १० हजार ७ सय ८० रुपैयाँ बरामद गरिएको छ। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!