VPAN मा नयाँ नेतृत्व चयन, डा. बी.सी. झाको अध्यक्षतामा कार्यसमिति गठन

काठमाडौं, ३१ जेठ २०८२ः

भेटेरिनरी अभ्यासकर्ता संघ, नेपाल (Veterinary Practitioners’ Association of Nepal – VPAN) को अधिवेशन आज सम्पन्न भएको छ। अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको छ।

संघको अध्यक्षमा डा. बी.सी. झा निर्वाचित हुनु भएको छ। त्यसैगरी, उपाध्यक्षमा डा. नवराज श्रेष्ठ, महासचिवमा डा. नविन श्रेष्ठ, सचिवमा डा. मन्दिप राउत र कोषाध्यक्षमा डा. सजना थापा चयन हुनुभएको छ।

त्यस्तै, कार्यसमितिका सदस्यहरूमा डा. अनिल रेग्मी, डा. सुवास रिमाल, डा. सुरेश श्रेष्ठ र डा. रोमन रघु श्रेष्ठ चयन भएका छन्।

नयाँ नेतृत्वले भेटेरिनरी अभ्यासकर्ताहरूको हक–हित संरक्षण र पशु स्वास्थ्य सेवा प्रणालीको सुदृढीकरणमा सक्रिय भूमिका खेल्ने विश्वास लिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!