काठमाडौं, ३१ जेठ २०८२ः
आर्थिक वर्ष २०८०/८१ को स्थानीय सरकार संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) तथा वित्तीय अनुशासन मूल्याङ्कन (FRA) मा काठमाडौं जिल्लाका ११ स्थानीय तहहरूमध्ये तारकेश्वर नगरपालिकाले सबैभन्दा बढी अंक प्राप्त गर्दै प्रथम स्थान हासिल गरेको छ।
यस उपलब्धिको सम्मानस्वरूप जिल्ला समन्वय समिति, काठमाडौंले शनिबार (२०८२ जेठ ३१ गते) तारकेश्वर नगरपालिकालाई सम्मान पत्र प्रदान गरेको हो।
नगरपालिकाले यस सफलताको श्रेय सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी र नगरवासीको सहयोग तथा प्रतिबद्धताप्रति प्रदान गर्दै सबैलाई धन्यवाद तथा बधाई व्यक्त गरेको छ।
तारकेश्वर नगरपालिकाले आगामी दिनमा अझ गुणस्तरीय, पारदर्शी र नागरिकमैत्री सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएको छ।
