सत्तारूढ दल नेपाली कांग्रेसको आकस्मिक केन्द्रीय कार्यसमिति बैठक बुधबार बस्दै

काठमाडौँ, ३ असार २०८२ः

नेपाली कांग्रेसले आगामी बुधबार केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आह्वान गरेको छ। पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गर्दै बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान बस्ने जानकारी दिनुभएको हो।

बैठकमा पार्टीका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ।

बैठकको एजेन्डा सार्वजनिक गरिएको छैन भने, पछिल्ला राजनीतिक गतिविधि, सरकार सञ्चालनका विषय तथा पार्टी आन्तरिक व्यवस्थापनका मुद्दा बैठकको मुख्य चर्चा विषय बन्न सक्ने अनुमान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!