काठमाडौँ, ३ असार २०८२ः
गृह मन्त्रालयले देशका विभिन्न जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरू सहित मन्त्रालयका केही सहसचिव र उपसचिवहरूको सरुवा गरेको छ।
सरुवा सूचीमा प्रमुख जिल्ला अधिकारीहरू बढी संख्यामा रहेका छन्। मन्त्रालयले गोरखा, गुल्मी, इलाम, रोल्पा, सिन्धुली र जुम्लालगायतका जिल्लामा कार्यरत सीडीओहरूको स्थानान्तरण गरेको हो।
यससँगै केही सीडीओहरूलाई गृह मन्त्रालय वा त्यस अन्तर्गतका निकायहरूमा सरुवा गरिएको छ।
गृह मन्त्रालय स्रोतका अनुसार प्रशासनिक सन्तुलन, कार्यक्षमता र सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले सरुवा गरिएको बताइएको छ।
यस्तो छ सरुवा भएका प्रमुख जिल्ला अधिकारीहरूको सूचीः
