सूर्यविनायक नगरपालिका वडा नं. ५ मा वडा स्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

भक्तपुर, ३ असार २०८२ः

सूर्यविनायक नगरपालिका वडा नं. ५ मा वडा स्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। क्रियाशील पत्रकार मञ्च भक्तपुरले आयोजना गरेको सो कार्यक्रमको समन्वय सूर्यविनायक नगरपालिकाले गरेको थियो।

क्रियाशील पत्रकार मञ्च भक्तपुरका अध्यक्ष रमेश गिरीको सभापतित्वमा ्सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि वडा नं. ५ का वडाध्यक्ष राजकुमार जोशी लगायत वडाका अन्य सदस्यहरुको पनि उपस्थिति रहेको थियो।

सुनुवाइ कार्यक्रममा स्थानीय बासिन्दाले वडा भित्रका विविध समस्या तथा सुझावहरू राखेका थिए। स्थानीयले उठाएका प्रश्नहरूमध्ये खानेपानीको व्यवस्था, फोहरमैला व्यवस्थापन, सडक स्तरोन्नति, सार्वजनिक शौचालयको अवस्था, शिक्षा तथा स्वास्थ्य सेवाको पहुँच लगायतका विषयहरू प्रमुख थिए।

वडाध्यक्ष जोशीले उपस्थित स्थानीयको जिज्ञासामा जवाफ दिँदै वडाले गरेका प्रयासहरू, आगामी योजनाहरू तथा चुनौतीहरूबारे स्पष्ट पारेका थिए। उनले नागरिकको सुझाव र गुनासोलाई प्राथमिकतामा राखी योजनाबद्ध रूपमा समाधानतर्फ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा वडाबासीको उल्लेख्य सहभागिता रहेको थियो। स्थानीयस्तरमा प्रत्यक्ष जनसंवाद गर्ने उद्देश्यले आयोजना गरिएको यो सुनुवाइ कार्यक्रममा समुदाय र सरकारबीचको सम्बन्ध थप बलियो बनाउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!