धुलिखेल नगरपालिकाको १७ औँ नगरसभा: गरिब तथा सिमान्तकृत बालबालिकालाई निःशुल्क शिक्षा

धुलिखेल, ५ असार २०८२ः

धुलिखेल नगरपालिकाको १७ औँ नगरसभा अधिवेशनले आर्थिक रूपमा कमजोर तथा सिमान्तकृत समुदायका बालबालिकालाई लक्षित गरी निःशुल्क शिक्षा प्रदान गर्ने निर्णय गरेको छ।

नगर प्रमुख अशोक कुमार ब्यान्जुले प्रस्तुत गरेको प्रस्तावमा आधारित यो निर्णयले शिक्षा क्षेत्रमा समान पहुँचको सुनिश्चितता गर्दै सामाजिक न्याय प्रवर्द्धन गर्ने उद्देश्य राखिएको जनाइएको छ। नगर प्रमुख ब्यान्जुले भने, “शिक्षा हरेक बालबालिकाको आधारभूत अधिकार हो। अब गरिबीका कारण कोही पनि बालबालिका शिक्षाबाट वञ्चित हुने अवस्था रहनेछैन।”

नगरसभाको यो निर्णयले धुलिखेलमा शिक्षा सबलीकरणतर्फ ठोस कदम चालेको मानिँदैछ। साथै, सामाजिक समावेशीताको दिशामा समेत सन्देशमूलक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!