मध्यपुर थिमि राधेराधेमा ‘फिस टनेल एक्स्पो’ शुरुः १६० प्रजातिका माछा र ‘सुनामी राइड’ मुख्य आकर्षण

मध्यपुर थिमि, ६ असार २०८२ः

म्ध्यपुर थिमिको राधेराधेमा शुक्रबारदेखि ‘फिस टनेल एक्स्पो’ शुरु भएको छ। ३५ दिनसम्म सञ्चालन हुने यो एक्स्पो उपत्यकाबासीका लागि समुद्री जीवजन्तु र अनुभव नजिकबाट अवलोकन गर्ने विशेष अवसर बनेको आयोजकको भनाइ छ।

मध्यपुर थिमि नगरपालिका–५, राधेराधेस्थित रोयल थाई हस्पिटालिटीसँगैको खुला स्थानमा आयोजित एक्स्पोको उद्घाटन संघीय सांसद दुर्लभ थापाले गरेका हुन्।

औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतका अनुसार, एक्स्पोको मुख्य आकर्षणको रूपमा रहेको फिस टनेलमा समुद्रमा पाइने १६० भन्दा बढी प्रजातिका माछालाई एउटै छानामुनि हेर्न सकिने व्यवस्था मिलाइएको छ।

त्यस्तै, नेपालमै पहिलोपटक सार्वजनिक रूपमा प्रस्तुत गरिएको भनिएको ‘सुनामी राइड’ ले समुद्री सुनामीकै जस्तो रोमाञ्चक अनुभव प्रदान गर्ने आयोजकको दाबी छ।

मनोरञ्जन प्रेमीका लागि रोटे पिङ, कोलम्बस, ड्रागन जस्ता अन्य खेलहरू समेत एक्स्पोमा उपलब्ध छन्। एक्स्पो प्रत्येक दिन बिहान १० बजेदेखि साँझ ८ बजेसम्म खुला रहनेछ।

PC: jhigu khabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!