भक्तपुरका दुई नगरपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक

भक्तपुर, ६ असार २०८२ः

भक्तपुर जिल्लाका दुई स्थानीय तह– भक्तपुर नगरपालिका र सूर्यविनायक नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन्।

भक्तपुर नगरपालिकाको १८औँ नगरसभाबाट सार्वजनिक नीतिमा नगरलाई ज्ञान विज्ञानको केन्द्र बनाउने, सांस्कृतिक नगर घोषणाका लागि पहल गर्ने र पर्यटकीय गन्तव्यको रूपमा प्रवर्द्धन गर्ने लक्ष्य लिइएको छ। नगरप्रमुख सुनिल प्रजापतिले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, कृषि, पर्यटन, विकास निर्माण र खेलकुद लगायतका क्षेत्रमा थप कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो।

नगरले आगामी वर्षमा स्थानीय स्रोत र साधनको अधिकतम प्रयोग गर्दै भक्तपुरलाई देशकै नमूना नीति नगरको रूपमा विकास गर्ने योजना अघि सारेको छ।

त्यस्तै, सूर्यविनायक नगरपालिकाको १८औँ नगरसभाले सार्वजनिक गरेको नीतिमा दिगो भौतिक पूर्वाधार, पर्यावरण संरक्षण, मानवीय विकास, रोजगारी र आयआर्जन वृद्धिलाई प्राथमिकतामा राखिएको छ। नगरप्रमुख बासुदेव थापाका अनुसार कृषि व्यवसायीकरण गर्दै नगरलाई उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्यसहितका कार्यक्रम समावेश गरिएका छन्।

त्यस्तै, स्थानीय सञ्चारकर्मीको क्षमता अभिवृद्धिका लागि सञ्चार नीति निर्माण गरी कार्यान्वयन गरिने, लोककल्याणकारी विज्ञापन तथा सूचना प्रसारण र वितरणसम्बन्धी कानुन निर्माण गरिने र एफएम रेडियो इजाजत प्रणालीसम्बन्धी नीति तय गरिने उल्लेख गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!