काठमाडौं, ८ असार २०८२ः
नेपाल भेटेरिनरी एशोसिएसनले आफ्नो ५८ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्न लागेको छ। कार्यक्रम आगामी २०८२ साल असार ११ गते त्रिपुरेश्वरस्थित भेटेरिनरी कम्प्लेक्समा विहान १०:०० बजे सुरु हुनेछ।
एशोसिएसनले सबै भेटेरिनरी चिकित्सक, विद्यार्थी, व्यवसायी तथा शुभेच्छुकहरूलाई रक्तदान कार्यक्रममा सहभागिता जनाइ सामाजिक उत्तरदायित्वमा हातेमालो गर्न आग्रह गरेको छ।
एशोसिएसनले हरेक वर्ष आफ्नो स्थापना दिवस विभिन्न सामाजिक तथा पेशागत कार्यक्रम मार्फत मनाउँदै आएको छ। यस वर्षको रक्तदान कार्यक्रमले रक्त संकलनमा टेवा पुर्याउनुका साथै जनचेतनामा पनि योगदान पुर्याउने विश्वास आयोजकले व्यक्त गरेका छन्।
