मध्यपुर थिमि नगरपालिकाको १२औं नगरसभा सम्पन्न, ३ अर्ब २५ करोडको बजेट सर्वसम्मत पारित

मध्यपुर थिमि, ८ असार २०८२:

मध्यपुर थिमि नगरपालिकाको बार्हौं नगरसभा आज सम्पन्न भएको छ। सभाबाट आर्थिक वर्ष २०८२/८३ का लागि नगर प्रमुख सुरेन्द्र श्रेष्ठद्वारा प्रस्तुत नीति तथा कार्यक्रम र उप–प्रमुख विजय श्रेष्ठद्वारा प्रस्तुत ३ अर्ब २५ करोड ६६ लाख ७० हजार १ सय रुपैयाँको बजेट सर्वसम्मत रूपमा पारित गरिएको हो।

आगामी वर्षको नीति तथा कार्यक्रममा नगरले सुशासन र नागरिकलाई केन्द्रमा राखेर गुणस्तरीय सेवा प्रवाहमा जोड दिएको छ। शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, सामाजिक समावेशीकरण, उद्योग, वाणिज्य, रोजगारी, सूचना प्रविधि, पूर्वाधार विकास, संस्कृति, सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धनजस्ता बहुआयामिक विषयहरूलाई कार्यान्वयनमा लैजाने योजना बनाइएको छ।

त्यस्तै, पारित बजेटले शहरी विकास, सुलभ स्वास्थ्य सेवा, रोजगारी सिर्जना, महिला सशक्तीकरण, वातावरण संरक्षण, विपद् व्यवस्थापन, अपाङ्गता तथा युवा मैत्री कार्यक्रमलाई प्राथमिकता दिएको छ। नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने सेवा प्रवाहलाई प्रविधिमैत्री र जवाफदेही बनाउने योजना समेत बजेटमा समावेश गरिएको छ।

नगर प्रमुख श्रेष्ठले आगामी योजनाहरू पारदर्शिता, जवाफदेहिता र सहभागितामूलक आधारमा कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उप–प्रमुख विजय श्रेष्ठले प्रस्तुत बजेटले समावेशी विकास, समृद्धि र प्रभावकारी सेवा प्रवाहका लागि सन्तुलित आधार तयार गरेको बताउनुभयो।

PC : pawan

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!