नेपालमै पहिलो पटक २ करोड पुरस्कार राशीको ‘ब्राण्ड एम्बेसडर हन्ट’ सुरु

काठमाडौं, १२ असार २०८२:

काठमाडौंको तीनकुनेमा रहेको एसवाई इन्टरटेन्टमेन्ट प्रालिको आयोजनामा ‘फेस अफ एसवाई २०८२’ (ब्राण्ड एम्बेसडर हन्ट) प्रतियोगिता सुरु भएको छ। एसवाई बजार नेपालले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै नेपालमै पहिलोपटक दुई करोड रुपैयाँभन्दा बढी पुरस्कार राशी भएको ब्राण्ड एम्बेसडर हन्ट कार्यक्रम सुरु गरेको घोषणा गरेको हो।

पत्रकार सम्मेलनमा एसवाई बजार नेपालका निर्देशक विमलराज गोसाईले यस प्रतियोगिता मार्फत् देशभर लुकेर बसेका प्रतिभालाई पहिचान गर्ने प्रयास गरिएको बताए। “हामी बजारमा स्थापित सेलिब्रेटीलाई होइन, गाउँघरका भुइँमान्छेलाई ब्राण्ड एम्बेसडर बनाउनेछौं”, गोसाईले दाबी गरे। उनका अनुसार यस कार्यक्रममार्फत तीन जना मुख्य ब्राण्ड एम्बेसडर छनोट गरिने छन्।

कार्यक्रमका संयोजक विजय बस्नेतले प्रतियोगिताको शीर्ष उपाधि विजेताले ५ लाख नगद पुरस्कारका साथै १ करोड बराबरको एक वर्षे सम्झौता (कन्ट्र्याक्ट) प्राप्त गर्ने जानकारी दिए। फर्स्ट रनरअपले ४ लाख नगद र ५० लाख बराबरको कन्ट्र्याक्ट, र सेकेन्ड रनरअपले ३ लाख नगद तथा ३० लाख बराबरको कन्ट्र्याक्ट पाउने छन्। त्यस्तै, अन्य उत्कृष्ट सात जनालाई ‘पपुल्यारिटी अवार्ड’ स्वरूप प्रत्येकलाई १ लाख ५० हजार रुपैयाँ प्रदान गरिनेछ।

चरणबद्ध प्रतिस्पर्धा

‘फेस अफ एसवाई २०८२’ प्रतिस्पर्धा चरणबद्ध रूपमा सञ्चालन हुनेछ।

पहिलो चरण:

जुन १ देखि सेप्टेम्बर ३०, २०२५ सम्म चल्नेछ।

सहभागीहरूले एसवाई ब्राण्ड झल्किने भिडियो बनाउनु पर्नेछ।

छनोटमा परेका ५ सय जनालाई रु २,००० बराबरको शपिङ्ग भौचर प्रदान गरिनेछ।

दोश्रो चरण:

उत्कृष्ट १५० जनालाई लैजाने व्यवस्था गरिएको छ।

तिनमध्ये ५० जनालाई रु १०,००० बराबरको भौचर प्रदान गरिनेछ।

फाइनल चरण:

जनवरी १–३१, २०२६ मा काठमाडौंमा हुनेछ।

२५ उत्कृष्ट प्रतिस्पर्धीलाई तालिम, विभिन्न परीक्षण र अन्ततः उपाधि प्रदान गरिनेछ।

मूल्यांकन मापदण्ड

पहिलो चरण:

लाइक – १०%, कमेन्ट – २०%, सेयर – २०%, क्रिएटिभिटी – ५०%

दोश्रो चरण:

यस्तै डिजिटल इन्गेजमेन्ट र गेस्ट जुरीको आधारमा मूल्यांकन

फाइनल चरण:

एसएनएस (सोसल नेटवर्किङ सर्भिस) – ३०%, जज – ७०%

सहभागी कसरी हुने?

प्रतियोगिता उमेरको कुनै सीमा छैन।

इच्छुक सहभागीहरूले एसवाई बजार, एसवाई कष्मेटिकको फेसबुक, इन्स्टाग्राम, टिकटक पेजहरू फलो गर्नुपर्नेछ।

त्यसपछि क्रिएटिभ भिडियो बनाएर आफ्नो सामाजिक सञ्जालमा पोस्ट गर्नुपर्नेछ।

भिडियोमा #FaceOfSY ह्यासट्याग राख्नु पर्नेछ।

भिडियोको लिंकसहित गुगल फारम भरी दर्ता गर्नु पर्नेछ।

एसवाई ग्रुप अफ कम्पनी दक्षिण कोरियामा आधारित बहुराष्ट्रिय संस्था हो। नेपालमा यस अन्तर्गत एसवाई प्यानल नेपाल, एसवाई बजार, एसवाई इन्टरप्राइजेज आदि कम्पनीहरू क्रियाशील छन्। आयोजकका अनुसार यो प्रतियोगिता नेपालका लागि सामान्य मानिसलाई ‘फेस अफ ब्राण्ड’ बनाउने सुनौलो अवसर हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!