नेपाल भेटेरिनरी एशोसिएसनद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्नः ५० जनाले गरे रक्तदान

काठमाडौं, ११ असार २०८२ः

नेपाल भेटेरिनरी एशोसिएसनको ५८ औं स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रम आज सफलतापूर्वक सम्पन्न भएको छ। त्रिपुरेश्वरस्थित भेटेरिनरी कम्प्लेक्समा आयोजित कार्यक्रममा जम्मा ५० जनाले रक्तदान गरेका छन्।

कार्यक्रमको उद्घाटन एशोसिएसनका अध्यक्ष डा. केदार सुवेदीले स्वयं रक्तदान गरेर गर्नुभएको थियो। उहाँले सामाजिक उत्तरदायित्वअनुसार एशोसिएसनले यस किसिमको कार्यक्रमले जनस्वास्थ्य र समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा विभिन्न भेटेरिनरी चिकित्सक, विद्यार्थी, संघका पदाधिकारी तथा पशुसेवा क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति थियो। सहभागीहरूले रक्तदानजस्तो मानवीय कार्यमा संलग्न हुन पाउनु गर्वको विषय भएको प्रतिक्रिया दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!