धरानका राजनैतिक दलहरुको प्रचण्डलाई ज्ञापनपत्र

काठमाडौं, १२ असार २०८२:

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष धरानका प्रमुख राजनीतिक दलहरू—नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), र जनता समाजवादी पार्टीका प्रतिनिधिहरूले संयुक्तरूपमा ज्ञापनपत्र बुझाएका छन्।

ज्ञापनपत्र मार्फत बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ‘छाता ऐन’ (umbrella act) बाट अलग गरी पृथक चिकित्सा विज्ञान विश्वविद्यालयको रूपमा विकास गर्न पहल गर्न उहाँहरूले माग गर्नुभएको छ।

ज्ञापनपत्र बुझ्दै अध्यक्ष प्रचण्डले भन्नुभयो: “मैले सरकारमा हुँदा धेरै विश्वविद्यालयहरू स्थापना गर्ने र अगाडि बढाउने काम गरेको छु। सुदुर पश्चिम मा गेटालाई यस्तै यस्तै अरू पनि ।धरानस्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुरानो र नेपालको पूर्वी क्षेत्रको एक अत्यन्त महत्वपूर्ण संस्था हो। तर, यसलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न नसक्नु दुर्भाग्यपूर्ण विषय हो।”

उहाँले थप भन्नुभयो: “पदाधिकारी नियुक्तिमा देखिएको अन्योल र कार्यक्षमता अभाव दुःखद पक्ष हुन्। अब यस संस्थामा संरचनागत तथा नीतिगत सुधार गर्दै अगाडि बढ्नुपर्छ।”

“तपाईंहरू समाधानको विकल्प लिएर आउनु भएको छ, यो सकारात्मक कुरा हो। तपाईंहरूको यस मागमा म पूर्ण रूपमा साथ रहन्छ ,” अध्यक्ष प्रचण्डले प्रतिवद्धता व्यक्त गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!