भक्तपुर तःमारीस्थित ऐतिहासिक ङ्यातपोल मन्दिर्को गजूर राखिएको ३२३ वर्ष पुरा: सुनिल उलक

भक्तपुरको तःमारीमा रहेको ऐतिहासिक ङ्यातपोलको गजूर राखेर मन्दिर निर्माण सम्पन्न भएको हिजो ३२३ वर्ष पुरा भएको छ । बि.सं. १७५९ असार शुक्ल प्रतिपदाका दिन गजूर स्थापना गरेर कोट्याहुती यज्ञ गरिएको थियो ।

मन्दिर निर्माण सम्पन्न भएको २२ महिना पछाडि भक्तपुरका एक दुखी भारो नाम गरेका ब्यक्तिले रामायणको नेवारी अनुवाद गरेका थिए । सो रामायणको एक ठाउँमा उनले हामीलाई ङातापोल निर्माण गर्नका लागि जमिन चाहिए पछि हाम्रो पुर्ख्यौली घर रहेको ननिछेँ लिएर हामी निस्काशित भएका थियौ भन्ने आशय खोलेका थिए । यसरी पुर्ख्यौली थलो गुमाएर नयाँ भुलाछेँमा बस्न गए । जसले गर्दा उनि दुखी भएको स्पष्ट हुन्छ । किनकी उनले आफ्नो नाम नै दुखी राखे ।

त्यो बेला पनि आबश्यक पर्दा सरकारले जनताका घरखेत अधिग्रहण गरि स्थानान्तरण गर्ने गरेको स्पष्ट हुन्छ । तर यसरी पुर्ख्यौली थलो गुमाउने दुखीभारो मात्र थिएनन् । त्यहाँबाट धेरै नै हटाइएका थिए । यसरी तःमारीबाट हटाइएकाहरुलाई सत्ता भर्नामा जमिन दिएको ठाउँ हालको पलिखेल हो । पलिको अर्थ सत्ता भर्ना र ख्य को अर्थ खेत हुन्छ । अर्थात सत्ताभर्नामा दिइएको खेत भएको हुँदा पलिख्य भन्न थालियो । पछि अप्रभंश हुँदै पलिखेल हुन पुग्यो । यहिँ पलिख्यमा बस्न पुगेकाहरुलाई पलिख्य भन्ने गरियो । कालान्तरमा एउटा थर पालिखे हुन गयो । यहाँबाट बसाइ सरेर पूर्व गएकाहरु अचेल पलिखे लेख्छन् भने पश्चिम गएकाहरु पालिखे लेख्दछन् ।

हाल देखि ङातापोलको भव्य मन्दिर नयाँ बनाइएको भए तापनि पहिले रहेको ङातापुल मन्दिर भत्काएर बनाइएको थियो । ङातापुल मन्दिर बि.सं. १७५८ पौष सुदी ७ बृहस्पतिवारका दिन भत्काउने कार्य सम्पन्न भएको थियो । पाँच दिन पुरानो मन्दिर भत्काइ वास्तु पूजा गरेर मात्र नयाँ मन्दिर निर्माणको काम थालेको देखिन्छ । केवल ६ महिनामा यति ठूलो मन्दिर तैयार भएको पढ्दा हामी अचम्भित हुन्छौ । किनकी आज मशिनरी युगमा सबै कार्य गर्न बिभिन्न किसिमका मशिनहरुको आबिश्कार भइ सक्दा पनि वर्षौ सम्म निर्धारित योजना पुरा गरिएको हुँदैन । यसमा सरकार, सरकारका सम्बन्धित कर्मचारी र कामको ठेक्का लिने ब्यक्ति वा संस्था काम प्रति दत्तचित्त हुने गर्दैन ।

ङातापोल मन्दिर निर्माणका क्रममा तैयार गरिएको नक्सा ।

फोटो सौजन्य : सामाजिक संजाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!