मध्यपुर थिमिका सामुदायिक विद्यालयहरूको SEE परिणाम : ३६३ मध्ये २५६ उत्तीर्ण

मध्यपुर थिमि, १४ असार २०८२:

मध्यपुर थिमि नगरपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयहरूको २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (SEE) परिणाम सार्वजनिक भएको छ। नगरका सामुदायिक ६ विद्यालयहरूबाट कूल ३६३ विद्यार्थी परीक्षामा सहभागी भएका थिए। तीमध्ये २५६ जना विद्यार्थी उत्तीर्ण भएका छन l कूल परीक्षार्थीमध्ये करिब ७०.५२ प्रतिशत विद्यार्थीले परीक्षा उत्तीर्ण गरेका छन्।

गणेश मा बि नगदेशले ३.८७ जिपिए सहित ८०% विद्यार्थी उतिर्ण गराउन सफल भएको छ भने जनक सिद्धिकाली मा बि का ११ विद्यार्थी मध्ये २ जना मात्र सफल भएको छ।

आदर्श मा बि सानोथिमिका १४१ मध्ये १११ बिद्यार्थी, आदर्श मा बि लायकुका ७२ मध्ये ४३  बिद्यार्थी, बोदे मा बि का ४१ मध्ये २९ बिद्यार्थी,  गणेश मा बि का ६५ मध्ये ५२ विद्यार्थी र बाल प्रेमि मा बि का ३३ मध्ये १९  विद्यार्थी उतिर्ण हुन सफल भएका छन।

सामुदायिक विद्यालयहरूको नतिजा अघिल्लो वर्षको तुलनामा केही सुधार देखिए पनि अझै गुणस्तरीय शिक्षाको चुनौती कायमै रहेको शिक्षा अधिकारी सुनेश अधिकारीले  जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!