मेयर बस्नेतलाई ८ वर्ष ३ महिना कैद सजाय

काठमाडौँ, १६ असार २०८२ः

काठमाडौंको नागार्जुन नगरपालिकाका नगरप्रमुख (मेयर) मोहनबहादुर बस्नेतलाई सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्ष तीन महिना कैद सजाय तोकिएको छ । आज विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर र रामबहादुर थापाको इजलासले बस्नेतलाई सजाय र जरिवाना निर्धारण गरेको हो ।

अदालतले बस्नेतबाट २६ करोड २५ लाख रुपैयाँ सम्पत्ति जफतको फैसला गरेको छ । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३(१) बमोजिमको कसुरमा ८ वर्ष र दफा ३०(१) बमोजिम थप ३ महिना कैद सजायको फैसला गरेको हो ।।

यस मुद्दामा कूल ९ करोड २२ लाख ४६ हजार बराबरको भ्रष्टाचार विशेष अदालतको ठहर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!